Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जेन-जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः रामकुमारी झाँक्री


काठमाडौँ। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएका छन् ।

सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताइन् । अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको र जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको बताएकी छिन् । उनले जेन—जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको पनि बताइन् ।

उनले भनिन्, ‘जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दाबी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरु आज नेकपा एमालेका विरुद्धमा छन् ।’

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताउदै क्रान्तिकारी शक्तिहरु अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गरिन् । उनले सार्वभौमिकता, सार्वजनिक सम्पती, नागरिक जीवनको रक्षाका लागि पनि नेकपा एमालेमा आउनुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?