Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।

सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् । उनले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भएपनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश व्यक्त गर्दै विभिन्न देशका राजदुत फिर्ता गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् । निर्वाचन सुनिश्चित गर्न बनेको अस्थायी सरकारको रूपमा सीमित रहन प्रधानमन्त्री एवं मन्त्रीहरुलाई उनको आग्रह छ ।

उनले भने, ‘अहिले सरकारका मन्त्रीज्यूहरुलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहान्छु । अनि तपाईहरुलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजुदत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेस्डर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदुतहरु फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरु ? कानून थाहा छ कि छैन, कुटनीति थाहा छ कि छैन, राजदुत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदुत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ति चाहीँ घामजुन रहुञ्जेल रहनेहुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव बनाउन बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’

वर्तमान सरकार असंवैधानिक भएको भन्दै अध्यक्ष ओली सरकारले चुनाव गराउन नसक्ने दोहोर्याएका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?