Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले गर्नुपर्ने तर्क गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको र प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताएका छन् ।

ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ । र प्रतिनिधि सभा पुनस्थापनाको मागलाई तिब्र बनाउनुपर्दछ । जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ । कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनस्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनःस्थापना गर्नुप¥यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनस्थापना गर्नु प¥यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ । बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गर्दै वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहर्याएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?