Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सरकारले व्यवस्थापिकाको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै संसदका पदाधिकारीले राष्ट्रपतिसमक्ष जनाए असन्तुष्टि


काठमाडौँ। सरकारले व्यवस्थापिकाको स्वायत्ततामाथि असर पर्नेगरी कानून संशोधन तथा निर्देशन दिएको भन्दै संघ र प्रदेश संसदका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष असन्तुष्टि जनाएका छन् ।

शुक्रवार राष्ट्रपतिसँग संघका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रदेश सभामुखहरुसँगको भेटपछि उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर असन्तुष्टि जनाएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको आ–आफ्नै स्वयत्तता हुनुपर्ने भएपनि विषम परिस्थितिमा सरकारले प्रदेशलाई हानि हुने किसिमले कानून संशोधन गरेको भन्दै आपत्ति जनाएकी छिन् । उनले प्रदेश र संघीय संसदसँग छलफल नै नगरी निर्देशन मात्र दिनेकुरा उचित नभएको कुरा राष्ट्रपति पौडेलसमक्ष राखेको बताइन् । संसदका पदाधिकारीहरुले संघीय र प्रदेश संसदका सदस्य तथा पदाधिकारीको सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् ।

उनले भनिन्, ‘व्यवस्थापिका, न्यायपालिकार कार्यपालिकाको आआफ्नै स्वयत्तता हुनुपर्ने विषम परिस्थितिमा कार्यपालिकाले कुनैपनि कानून लाग्दाखेरी प्रदेशलाई पनि हानि हुने काम गर्नुभएन । प्रदेशको स्वायत्ततामा असर पर्ने किसिमले निर्देशनहरु दिनुभएन । र संसदको स्वायत्ततालाई समेत असर हुने किसिमले नसोधि, छलफल नगरी निर्देशन दिने कुरा राम्रो होइन भन्ने हो । यस्ता कुरामा आदेश दिने नभई छलफल गर्ने हो भन्ने कुरामा राष्ट्रपतिज्यूसँग छलफल भएको हो । निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाएर निर्वाचनमार्फ देशलाई निकास दिनुपर्ने कुरामा पनि छलफल भयो ।’

राष्ट्रपति पौडेललाई लाई भेट्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, र उपाध्यक्ष विमला घिमिरे पुगेका हुन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?