Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सुरक्षण मुद्रण केन्द्रले थाल्यो सवारीचालक अनुमति पत्रको छपाइ


काठमाडौँ। काभ्रेपलाञ्चोकमा रहेको सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको कार्य शुभारम्भ गरेको छ ।

सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको शुक्रवार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुरुवात गरेका हुन् । गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मसिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो ।

विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । उनकाअनुसार दैनिक पाँच सयका दर लाइसेन्स छापिने छन् । ढुंगालाले यातायात व्यवस्था विभागले दिएको तथ्यांअनुसार पहिलो तीन महिनामा एक लाख र अर्को तीन महिना छपाई क्षमता बढाउँदै लैजाने र लाइसेन्सको वैधानिकता जाँच गर्नको लागि २६ वटा सुरक्षा संकेतहरु राखिने पनि बताएका छन् ।

गत जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त समझदारी साढे चार महिनापछि कार्यान्वयनमा गएको हो ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?