Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सुरक्षण मुद्रण केन्द्रले थाल्यो सवारीचालक अनुमति पत्रको छपाइ


काठमाडौँ। काभ्रेपलाञ्चोकमा रहेको सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको कार्य शुभारम्भ गरेको छ ।

सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको शुक्रवार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुरुवात गरेका हुन् । गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मसिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो ।

विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । उनकाअनुसार दैनिक पाँच सयका दर लाइसेन्स छापिने छन् । ढुंगालाले यातायात व्यवस्था विभागले दिएको तथ्यांअनुसार पहिलो तीन महिनामा एक लाख र अर्को तीन महिना छपाई क्षमता बढाउँदै लैजाने र लाइसेन्सको वैधानिकता जाँच गर्नको लागि २६ वटा सुरक्षा संकेतहरु राखिने पनि बताएका छन् ।

गत जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त समझदारी साढे चार महिनापछि कार्यान्वयनमा गएको हो ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?