Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

काँग्रेस पनि अन्ततः प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिन्छः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताएका छन् । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि काँग्रेसमा नेतृत्वको अभाव देखिएको र देउवाकै अभावमा काँग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरेका छन् ।

उनले भने, ‘काँग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । काँग्रेससँग हाम्रो संवाद भईरहेको छ । काँग्रेस फाईनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब काँग्रेस भित्र जटिलता छ । शेरबहादुर जी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ शेरबहादुर जी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन । पहिलानै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन । सबैले भाग लिन्छन् बोल्नका लागि ।’

अध्यक्ष ओलीले काँग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?