Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

यथार्थको नेपाल बनाउन आजै मतदाता परिचय पत्र बनाऔँः प्रधानमन्त्री कार्की


काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यथार्थको नेपाल बनाउनका लागि मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छिन् ।

शुक्रवार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी हुन् । उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मुलभुत साधनहरु भएको र ति साधनहरु विवेक र मतदान भएको बताएकी छिन् । उनले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गर्दै समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभुत साधन छन् । पहिलो तपाईं हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचय पत्र हो । जेन जी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । यहाँहरु आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरौँ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाऔँ ।’

उनले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताएकी छिन् । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर मतदाता परिचय पत्र बनाउन पनि आग्रह गरेकी छिन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?