Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

यथार्थको नेपाल बनाउन आजै मतदाता परिचय पत्र बनाऔँः प्रधानमन्त्री कार्की


काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यथार्थको नेपाल बनाउनका लागि मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छिन् ।

शुक्रवार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी हुन् । उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मुलभुत साधनहरु भएको र ति साधनहरु विवेक र मतदान भएको बताएकी छिन् । उनले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गर्दै समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभुत साधन छन् । पहिलो तपाईं हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचय पत्र हो । जेन जी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । यहाँहरु आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरौँ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाऔँ ।’

उनले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताएकी छिन् । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर मतदाता परिचय पत्र बनाउन पनि आग्रह गरेकी छिन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?