Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, चालु खर्च धान्न कठिन पर्दै


काठमाडौँ। लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरुले प्रभावकारी रुपमा राजस्व उठाउन ध्यान नदिँदा लक्ष्यअनुसार राजस्व संकलन हुन छाडेको हो ।

अर्थमन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपी अघिल्लो आर्थिक वर्षको यो अवधीको तुलनमा संकलित राजस्व झिनो मात्रमा बढेको छ । गत आर्थिक वर्षको असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब राजस्व उठाएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको यही अवधीको तुलनामा राजश्व वृद्धिदर ०.३२ प्रतिशतले मात्रै बढ्नुले सरकारी संयन्त्र राजश्व संकलन गर्न तदारुकताकासाथ नलागेको प्रष्ट देखिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व संकलनको लक्ष्य लिएको छ । असोज मशान्त सम्ममा राजश्वका कुनै पनि शिर्षकमा उत्साहजक रुपमा राजस्व संकलन नभएको स्वयं अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाउँछ ।

अर्थमन्त्रालयकाअनुसार असोज मशान्तसम्ममा भन्सार महसुल ७० अर्ब भन्दा बढी उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड मात्रै संकलन गरेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) ९४ अर्ब ११ करोडको लक्ष्य असोज मसान्तसम्मको थियो । जसमा ८१ अर्ब २३ करोड मात्रै उक्त शिर्षकमा राजश्व उठेको छ ।

समिक्षा अवधिमा अन्तशुल्कतर्फ ४८ अर्ब ६५ करोडको लक्ष्य रहेकोमा ४७ अर्ब ८३ करोड राजश्व संकलन भएको छ । यो शिर्षकमा पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकारी संयन्त्रहरु चुकेका छन् । आयकरतर्फ ७१ अर्ब २२ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै राजश्व संकलन भएको छ । गैरकर तर्फपनि लक्ष्यअनुसार राजश्व उठेको छैन । अर्थमन्त्रालयका अनुसार ३५ अर्ब ५२ करोडको लक्ष्य असोज मशान्त सम्म गैरकरतर्फ उठाउने रहेकोमा १४ अर्ब ७२ करोड मात्रै संकलन भएको छ ।

पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजश्वले नपुग्ने स्थीति आउनसक्ने खतरा देखिएको छ । अहिले दैनिक सरकारको चालु खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्बको मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउछ ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?