Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एकतामा बल पुर्याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल


काठमाडौँ। एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सो पार्टीको एकीकरणमा ढिलो गरेर भएपनि सहभागी भएको स्पष्टिकरण दिएका छन् । नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी भएका हुन् । उनले आफू सिंगो मुलुकलाई एकतावद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पारेका छन् ।

नेता खनालले भने,‘हामीले नयाँ संकल्प लिएर अघि बढनुपर्ने आवश्यक्ता छ । म केही ढिलो आएकै हो । ढिलो आउनुका केही कारणहरु छन । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु हामी त्यो कुरा मिलाउँछौ भनेर उहाँले प्रतिवद्धता जनाउनुभएको छ । त्यसकारण म त्यही विश्वासको आधारमा केही रिजर्भेशन भएपनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पुर्याउनका लागि म यहाँ आएको हो कमरेडहरु । एकता वामपन्थीहरुको एकता अनि यो सिंगो राष्ट्रको एकता नेपालको एकता आजको आवश्यकता हो । त्यो एकता निर्माण गर्नका लागि आज तपाई हामीले कम्मर कस्नु परेको छ ।’

नेता खनालले मुलुकलाई संकटबाट पार लगाउनका लागि सिंगो वामपन्थीहरु दलहरुबीच एकता हुनुको विकल्प नरहेको तर्क समेत गरेका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?