Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौंः घनश्याम भुसाल


काठमाडौँ। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट रहनुभएका नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताएका छन् ।

काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो जानकारी दिएका हुन् । पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उनको भनाई छ । केन्द्रिय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उनको दाबी छ । उनले राजनितिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने बताउदै स्याथी समिति, पोलिटव्युरो, केन्द्रिय समिति, प्रदेश, जिल्ला, विभिन्न विभागमा रहेका धेरै साथीहरु समाजवादीमा नै रहने पनि उल्लेख गरेका छन् । उनले समाजबादीमा रहेकाहरुको मंसिर पहिलो साता भेला आयोजना गरी त्यहीबाट अगाडीको बाटो तय गर्ने पनि जानकारी दिएका छन्।

उनले भने, ‘यो धेरै सुखद् कुरा हो । केन्द्रिय समितिको बहुसंख्या अहिले गएर आत्मसर्मपण गरेपनि एउटा टीम बाँकी छ, पदाधिकारीमा कम होला, स्ट्यान्डिङ कमिटिमा अलिकति होला । पोलिटव्यरोमा अलिबढी साथी छौँ । केन्द्रिय समितिमा त्यो संख्या बढ्छ र जिल्लामा कुरा गर्ने हो भने अहिले हामी बहुमतमा छौँ । त्यो चाँही हामीले निसन्देह भन्न सक्छौँ । हामी प्रमाणित गरेर देखाउन सक्छौँ । कानुनी रुपमा जेसुकै होला, राजनितिक रुपमा आफ्नै ठाउँमा रहनुहोला । जिल्ला कमिटि छन्, प्रदेश कमिटि छन्, पदाधिकारी छन्, गाउँ कमिटि छन् । विभागहरु छन्, जनसंगठनहरु छन् । तिनीहरु नै बैधानिक हुन है, अहिले हाम्रो लागी राजनितिक रुपले तिनिहरु वैधानिक हुन् । आफ्नै ठाउँमा नेकपा एकिकृत समाजवादी कै रुपमा रहेर क्रियाशील रहिरहनुहोला । हामी आउने मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौ । त्यो राष्ट्रिय भेलामा ती क्रान्तिकारीहरु जम्मा हुनेछन् र अब कसरी जाने भन्ने कुरा हामीले त्यहीबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर हामीले हाम्रो बाटो तय गर्नेछौँ ।’

उनले कम्युनिष्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?