Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौंः घनश्याम भुसाल


काठमाडौँ। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट रहनुभएका नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताएका छन् ।

काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो जानकारी दिएका हुन् । पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उनको भनाई छ । केन्द्रिय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उनको दाबी छ । उनले राजनितिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने बताउदै स्याथी समिति, पोलिटव्युरो, केन्द्रिय समिति, प्रदेश, जिल्ला, विभिन्न विभागमा रहेका धेरै साथीहरु समाजवादीमा नै रहने पनि उल्लेख गरेका छन् । उनले समाजबादीमा रहेकाहरुको मंसिर पहिलो साता भेला आयोजना गरी त्यहीबाट अगाडीको बाटो तय गर्ने पनि जानकारी दिएका छन्।

उनले भने, ‘यो धेरै सुखद् कुरा हो । केन्द्रिय समितिको बहुसंख्या अहिले गएर आत्मसर्मपण गरेपनि एउटा टीम बाँकी छ, पदाधिकारीमा कम होला, स्ट्यान्डिङ कमिटिमा अलिकति होला । पोलिटव्यरोमा अलिबढी साथी छौँ । केन्द्रिय समितिमा त्यो संख्या बढ्छ र जिल्लामा कुरा गर्ने हो भने अहिले हामी बहुमतमा छौँ । त्यो चाँही हामीले निसन्देह भन्न सक्छौँ । हामी प्रमाणित गरेर देखाउन सक्छौँ । कानुनी रुपमा जेसुकै होला, राजनितिक रुपमा आफ्नै ठाउँमा रहनुहोला । जिल्ला कमिटि छन्, प्रदेश कमिटि छन्, पदाधिकारी छन्, गाउँ कमिटि छन् । विभागहरु छन्, जनसंगठनहरु छन् । तिनीहरु नै बैधानिक हुन है, अहिले हाम्रो लागी राजनितिक रुपले तिनिहरु वैधानिक हुन् । आफ्नै ठाउँमा नेकपा एकिकृत समाजवादी कै रुपमा रहेर क्रियाशील रहिरहनुहोला । हामी आउने मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौ । त्यो राष्ट्रिय भेलामा ती क्रान्तिकारीहरु जम्मा हुनेछन् र अब कसरी जाने भन्ने कुरा हामीले त्यहीबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर हामीले हाम्रो बाटो तय गर्नेछौँ ।’

उनले कम्युनिष्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?