काठमाडौँ। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।
समितिको बैठक बुधवार बोलाइएको थियो । तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरुको सहभागीतामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिएकी छिन् ।
जेन–जी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उनको भनाई छ । न काअनुसार बुधवारको वैठकमा विधेयकलाई कसरी अगाडी बढाउने, आर्थिक २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो । संघीय एकाईबीचको अन्तरसम्बन्धअनुसार सुदूपश्चिम प्रदेशमा छलफल गर्ने विषयमा सदस्यहरुको सुझाव दिने विषयवस्तु पनि कार्यसूचीमा रहेको उनले जानकारी दिइन् । उनकाअनुसार समितिले सुदूरपश्चिमको प्रदेशसभासँग र त्यहाँको स्थानिय तहसँग विधि निर्माणको प्रक्रिया र कानूनको कार्यान्वयन तथा निर्माणको सन्दर्भमा समितिले छलफल गर्नेछ । यी सबै विषयवस्तुहरुमा अब कात्तिक २३ गते बस्ने बैठकमा छलफल गर्ने उनको भनाई ।
उनले भनिन्, ‘बैठकमा हाम्रा विषयवस्तु चाहीँ ३/४ वटा थिए । एउटा चाहीँ हामी विधेयकमाथी नै छलफल र विषयवस्तुलाई कसरी अगाडी बढाउने भन्ने विषयवस्तु एउटा थियो । अर्को, हाम्रो यो संघिय एकाई बीचको अन्तरसम्बन्धको विषयवस्तु, हाम्रो यो कार्यक्षेत्रमा नै रहेको विषयमा अब हामीले सुदूरपश्चिमको प्रदेशसभासंग र त्यहाँको स्थानिय तहसंग एउटा, दुई वटा कति वटा तहसंग सम्भव हुन्छ । त्यो ठाउँमा चाँही उहाँहरुले विधि निर्माणको प्रकृया, उहाँहरुले कानुन कसरी छलफल गर्नुभएको छ, विधेयकहरुमाथी छलफल गर्ने समितिसंग छलफल गर्ने प्रदेशमा र स्थानिय तहरुमा पनि गर्ने हाम्रो उद्देश्य छ । त्यो चाँही हामी सुदूरपश्चिम जाने योजना हो । त्यो योजनाको बारेमा माननीयज्युहरुको राय सल्लाह लिनलाई हामीले विषयवस्तू राखेका थियौँ । अर्को चाहीँ हाम्रो वार्षिक प्रतिवेदन, यो २०८१/०८२ को जुन वार्षिक प्रतिवेदन छ । यो वार्षिक प्रतिवेदन पारित गर्ने विषयवस्तु रहेको छ । अहिले समसामयिक अवस्था, अहिलेको परिवर्तित जुन भदौ २३ र २४ पछाडीको अवस्थामा प्रतिनिधिसभा नरहेको र राष्ट्रियसभा रहेको अवस्थामा संविधानले दिएको अधिकार र संविधानमा भएको व्यवस्था अनुरुप र हाम्रो नियमावलीले गरेको व्यवस्था अनुरुप हाम्रो जुन कार्यदेश छ, त्यो अन्र्तगत समितिले गर्नुपर्ने आफ्ना गतिविधिहरुलाई अगाडी बढाउने विषयवस्तुहरुमा छलफल गर्न आज हामीले खोजेका थियौँ । आज हाम्रो कोरम पनि पुगेको थियो । तर पहिलो बैठक चाँही अहिले परिवर्तित अवस्थामा सबै माननीय सदस्यको उपस्थिति भएर नै गरौँ भन्ने हिसावले हामीले अर्को बैठक चाँही यही कात्तिको २३ गते बस्नेगरी आजको बैठकलाई स्थगित गरेका छौँ ।’
उनले २३ गते राष्ट्रिय सभा अध्यक्षसंग नारायण प्रसाद दाहालसंग पनि छलफल गर्ने योजना रहेको बताइन् । सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उनको भनाई छ । बैठकमा चलचित्र सम्बन्धि विधेयक छलफल गर्नेगरी तयारी रहेको उनले जानकारी दिइन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार