Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी


काठमाडौँ। पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन् ।

नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए । खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आएका थिए ।

सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?