Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

२० वर्षमा धेरै कुरा बद्लियो तर राजनीतिक दलको नेतृत्व बद्लिएनः घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताएका छन् ।

काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् । उनले संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताए । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताएका छन् । उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको र सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए ।

उनले भने, ‘हामी धेरै नयाँ भईसकेका छौँ । हामी नयाँ संविधान लेख्यौँ, राज्य व्यवस्था नयाँ बनायौँ, बसाईँसराई अरु आथिएक गतिविधि बजारको विस्तार यी गतिविधि धेरै कुराले हाम्रो समाज नयाँ हिसावले पुर्नगठित हुँदैछ । यसको संरचनामा ठुलाठुला परिवर्तन आएका छन् । प्रविधि, यसको विकास, यसले समाजमा पारेको प्रभाव, मनोविज्ञान त्यो धेरै कुरा बदलियो । गएको १० वर्षमा, १५ वर्षमा, २० वर्षमा धेरै कुरा बदलियो तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरुको नेतृत्व । त्यो बदलिएन । सबै चीज बदलिनुपर्ने र बदलिसक्यो । तर पुराना पार्टीहरु नेतृत्व सधैभरी त्यही रहनुपर्ने ।’

उनले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताएका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?