Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो : रामकुमारी झाक्री


काठमाडौँ। नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताएकी छिन् ।

बुधवार काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उनले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताएकी छिन् । उनले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताएका थिए । सोही भनाईप्रति संकेत गर्दै उनले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताएकी छिन् । उनले देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गरेकी छिन् । नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेन–जी आन्दोलनले पनि देखाएको उल्लेख गर्र्दै उनले आफूहरु रुपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्,‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकतावद्ध हुने नै हो । किसान दाईले त फोरकाष्ट गरिहाल्नु भयो । एकतावद्ध हुने नै हो । त्यसो गर्दा हामीले कम्तिमा रुपान्तरित हिसावले हामी जाउ । हामी पनि रुपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोको लागि हामीले केही कुरा देशैभरी नेकपा (एकीकृत समाजवादी)को नाममा संगठित हुनु भएका वडा तहदेखि केन्द्रिय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरुलाई एकतावद्ध भएर हामी उभियौं । हामीले हाम्रो नेतृत्वमा भयंकर ठूलो पार्टी बनाउँछौ भनेर दाबी गरिरहेका छैनौँ । हामीलाई आज यो लागिरहेको होइन । त्यसकारण समाजवादी पार्टीमा संगठित सबै साथीहरु यो एउटा सन्देश दिन चाहन्छौ कि पार्टी विहिन अवस्थामा भयौ नि त । अब एक घण्टा पछि पार्टी विहिन भईसकेपछि हामी पार्टी बिहिन मान्छेहरु के गर्छौ भन्ने सन्दर्भमा देशभरका साथीहरुका लागि हामी एक ठाउँमा उभियौ । हामीले एकदम राम्रो दृष्टिगोचर गरौं । र क्षितिज पारी उज्यालो छ भन्ने देखेरै हामीले सामूहिक पाईला अगाडि बढाउने छौं । त्यो बाटोबाट जाउ । देशभरीका साथीहरुलाई विचलित नहुनुहोस । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’

नेतृ झाँक्रीले नयाँ पार्टीहरुले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नुपर्ने पनि बताएकी छिन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?