Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः विष्णु पौडेल


काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन् ।

मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन्। मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उनको भनाइ छ । उनले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गरेका छन् ।

उनले भने, ‘किशोर किशोरीहरुले भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भनेर सामाजिक सञ्जालमा उत्रिएका थिए । जसरी उनीहरु सोसियल मिडियामाथिको नियन्त्रण खोल्नुपर्ने माग राखेर उनीहरु सडकमा उत्रिएका थिए उनीहरुको उक्त आन्दोलनको दुरुपयोग गरेर सरकारका विरुद्धमा संगठित रुपमा प्रहार गर्ने, एकसाथ देशव्यापी रुपमा आक्रमण गर्ने र सरकार अपदस्थ गर्ने खालको योजना रहेछ भन्ने कुरा पुष्टि भयो । माइतीघर मण्डलादेखि बानेश्वरका लागि प्रस्थान गरेको जुलुसका सन्दर्भमा जेनजी भाईहरुले हाम्रो आन्दोलन सफल भयो हामी फर्किउँ भनेका थिए । तर त्यहाँ अर्कै स्थिति सिर्जना गरेर कल्पना गरिएकोभन्दा बाहिरका घटना हुने अवस्था आयो । त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो । तर योजनावद्ध ढंगले देशभर एकसाथ प्रहार गर्ने काम भएको छ । यो अन्दोलन व्यवस्था र संविधानका विरुद्धको षड्यन्त्र थियो ।’

उनले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको बताउदै सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?