Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः विष्णु पौडेल


काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन् ।

मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन्। मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उनको भनाइ छ । उनले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गरेका छन् ।

उनले भने, ‘किशोर किशोरीहरुले भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटोस् भनेर सामाजिक सञ्जालमा उत्रिएका थिए । जसरी उनीहरु सोसियल मिडियामाथिको नियन्त्रण खोल्नुपर्ने माग राखेर उनीहरु सडकमा उत्रिएका थिए उनीहरुको उक्त आन्दोलनको दुरुपयोग गरेर सरकारका विरुद्धमा संगठित रुपमा प्रहार गर्ने, एकसाथ देशव्यापी रुपमा आक्रमण गर्ने र सरकार अपदस्थ गर्ने खालको योजना रहेछ भन्ने कुरा पुष्टि भयो । माइतीघर मण्डलादेखि बानेश्वरका लागि प्रस्थान गरेको जुलुसका सन्दर्भमा जेनजी भाईहरुले हाम्रो आन्दोलन सफल भयो हामी फर्किउँ भनेका थिए । तर त्यहाँ अर्कै स्थिति सिर्जना गरेर कल्पना गरिएकोभन्दा बाहिरका घटना हुने अवस्था आयो । त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो । तर योजनावद्ध ढंगले देशभर एकसाथ प्रहार गर्ने काम भएको छ । यो अन्दोलन व्यवस्था र संविधानका विरुद्धको षड्यन्त्र थियो ।’

उनले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको बताउदै सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?