Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

माओवादलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाउन माधव नेपालले जनाए सहमति : माधव सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताएका छन् ।

मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पारेका छन्  । उनले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताए  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको स्पष्ट पारेका छन् । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने उनले बताए  ।

उनले भने, ‘यो प्राविधिक र आजको आवश्यकताअनुसारको पार्टीहरुको स्तरीकरण हो । माओवादी पार्टीको नाम राखेनौँ भनेर माओवादी जनयुद्ध र माओवादी लिगेसी केही रहेन भन्ने ढंगबाट व्याख्या गरिनु गलत हो । हामी माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्नुपर्छ भनेका छौँ । माधव कमरेड लगायतका एकतामा आउने घटकहरुले पनि माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको छ । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर जान्छौँ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण नयाँ शिरामा गएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?