Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

माओवादी केन्द्रले गर्यो पार्टी एकता प्रश्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रश्ताव अनुमोदन गरेको छ ।

बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताएका छन् । उनले तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तीका उपलब्धीहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गरेका छन् ।

उनले भने, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिजवाद हुनेछ । नेपाली क्रान्तीको कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तीका उपलब्धीहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’

उनले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तीपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताएका छन् । उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौंमा आयोजना गरिने पनि बताएका छन् । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रिय समिति गठन लगायतको कामहरु गरिने सापकोटाको भनाइ छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?