Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेसको केन्द्रिय समितिमा रहेका फोहोर सफा गरेर मात्रै निर्वाचनमा जान चाहन्छौँः काँग्रेस नेता चालिसे


काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेले काँग्रेसको केन्द्रिय समितिमा रहेका फोहोर सफा गरेर मात्रै निर्वाचनमा जाने बताएका छन् ।

मंगलवार काठमाडौमा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनमार्फत नीतिगत सुधार गरेर मात्रै निर्वाचनमा जान सकिने बताएका छन् । पार्टी सुध्रिएर जनताको माझ जानसकेमा मात्रै जनताले पत्याउने उनको भनाई छ । काँग्रेसको केन्द्रिय समितिमा निर्वाचनपछि मात्रै महाधिवेशनको कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले पुरानो अनुहार लिएर जनताको माझ जान नससकिने र वर्तमान नेतृत्वले जनताको असन्तुष्टीको आवाज सुन्न नसकेको पनि आरोप लगाएका छन् । उनले विगतमा जनताको आवाजको नेतृत्व गर्ने पार्टी आज आफैँ जनताको जनताको असन्तुष्टीको सामना गर्न बाध्य भएको बताएका छन् । पार्टीमा आएको यति ठूलो अन्तरको निर्ममतापूर्वक समिक्षा गर्नुपर्ने उनको भनाई छ । उनले जनताको आकांक्षा पूरा गर्नको लागि काँग्रेसको निति र नेतृत्व दुवै परिवर्तन आवश्यक रहेकोले आफूहरुले विशेष महाधिवेशनको माग गरेको बताए । महाधिवेशनमार्फत कांग्रेसलाई सुदृढीकरण गरेर कांग्रेसलाई जनताको माझमा लैजानुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हामी नीतिगत सुधार मात्रै होईन, जनताको आश सम्बोधन गर्ने निति मात्रै होईन । नेपाली काँग्रेसको केन्द्रिय समितिमा जम्मा भएको फोहोर सफा गरेर मात्रै चुनावमा जान चाहन्छौँ भन्ने हाम्रो आग्रह हो । पार्टी सुध्रिन प¥यो । पार्टी बदलीन प¥यो । अनि मात्रै जनताले पत्याउँछ । वृद्ध शरिर लिएर, रोगी शरिर लिएर जिम्मेवारीको भारी बोक्न सकिँदैन । सच्चिएको कांग्रेस, नयाँ निति, नयाँ नेतृत्वसहित जनताकहाँ गयौँ भने जनताले पनि पत्याउँछ । त्यही अनुहार अनुहार लिएर गयो भने जनताले पत्याउँदैन भन्ने हाम्रो आग्रह हो । हिजो हामीले जनताको आवाजको नेतृत्व ग¥यौँ, आज हामी आफै जनताको असन्तुष्टीको आज हामी सामना गरिरहेका छौँ । यो ठूलो अन्तर कहाँबाट आयो ? कसरी आयो ? निर्ममतापुर्वक समिक्षा गर्नुपर्ने आजको आवश्यक्ता हो भन्ने हामीले महशुस गरेका छौँ । यही आवश्यकत्तालाई महसुस गरेर हामीले बारम्वार नेतृत्वको समक्ष पार्टीलाई सुधार गर्ने बारेमा, परिर्वतन गर्ने सन्र्दभमा, जनताका आंकाक्षाहरु पुरा गर्ने सन्र्दभमा धेरै सुझावहरु दियौँ । तर नेतृत्वले कहिल्यै सुनुवाई गरेन ।’

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने भनेर निराधार हल्ला चलाईएको बताएका छन् । उनले २०१४ सालमा भएको पार्टीको महाधिवेशनले पार्टीलाई दुई तिहाई सिट ल्याएर संसदमा पु¥याएको स्मरण गरे । उनले यसपटक हुने विशेष महाधिवेशनले पनि पार्टीलाई बहुमत दिलाउने दाबी गरेका छन् । वर्तमान व्यवस्थामा दुईतिहाई सिट ल्याउनसक्ने अवस्था नरहेपनि फागुनमा हुने निर्वाचनमा बहुमत ल्याउनेगरी लाग्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।

उनले भने, ‘विशेष महाधिवेशनले पार्टीले पार्टीलाई के दिन्छ भन्ने आवाज उठेको छ । पार्टी फुट्छ भन्ने कुरा पनि उठ्छ । २०१४ सालको विशेष महाधिवेशनले दुई तिहाई कांग्रेसको संसदमा उपस्थिती थियो । त्यसकारणले नेपाली कांग्रेस यसपालीको विशेष महाधिवेशनले आगामी फागनु २१ गते हुने निर्वाचनमा यो व्यवस्थाले दुईतिहाई त नहोला, बहुमत जित्नेगरि अगाडी जानेगरी सबै साथीहरु जान आग्रह गर्दछु ।’

विशेष महाधिवेशन पक्षधरहरुले निर्वाचन निर्वाचन अगाडी नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने र नियमति हुन नसकेमा विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाईसकेका छन् । नेपाली कांग्रेसका सत्तापन पक्ष चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ भने संस्थापनईतरपक्ष पुससम्ममा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?