Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

जेन–जी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहको एकता स्वीर्कान सकेनौँः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताएका छन् । उनले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन–जी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उनको भनाई छ । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाएका छन् । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उनको भनाई छ ।

उनले भने, ‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफलदेही बनाउने, पार्टीभित्र विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर, पुर्नसंरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । पछिल्लो समयसम्म आईपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ । यो यर्थात् कुरालाई रुपान्तरण गर्ने हाम्रा कोशिसहरु पार्टीभित्र सफल भएनन् । आज झन अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सिमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगर जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित जे एकता भईरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’

उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरु भइरहेको बताए ।

प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणा
जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहेको एकताप्रति सहमत नभएर आफूहरुले नयाँ अभियान सञ्चालनको थालनी गरेको बताउदै उनले प्रगतिशील अभियान नेपाल संचालन गर्ने जानकारी दिएका छन् । राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको अभियान संचालन गर्न लागिएको उनको भनाई छ । उनले अभियानले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने बताएका छन् ।

उनले भने, ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शीलाई आत्मसात् गर्ने, उत्पिडित वर्गा, जाती, क्षेत्र, लिङ्ग, समुदायका समस्याप्रति प्रतिवद्ध भएको त्यस्तो अभियान हामी संचालन गर्न गइरहेका छौँ ।’

उनले शहीद बेपत्ताहरुको सपनालाई पूरा गर्ने, उहाँहरुका परिवारजनका आशा र विश्वासहरु, घाईते योद्धाहरुका अपेक्षाहरु पूरा गर्नेगरी लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?