Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गरेका छन् । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरेका छन् । उनले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताएका छन् । उनले कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गरेका छन् । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गरेका छन् ।

उनले भने, ‘म हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी अहिलेसम्म त यही पार्टी हो, पार्टीमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकहरु चाहे झापामा रहेका हुनुहोस्, चाहे ताप्लेजुङमा रहेको हुनुहोस्, चाहे कञ्चनपुरमा रहेको हुनुहोस्, चाहे तपाईं दार्चुलामा रहेको हुनुहोस् । हिमाल मधेस जहाँ रहनुभएको होस् तपाईंहरुलाई म के भन्न चहन्छु भने हामी अहिले कमरेड माधवकुमार नेपालको नेतृत्वमा रहेको खोटको कारणले अहिले यो पार्टी विभाजित हुँदैछ र यो पार्टीको अर्को फ्याक्सन चाहीँ अब अर्को पार्टीमा गएर विलय हुँदैछ । त्यसो हुनाले यो विलय हुने कुरा पनि विलकुल अहिलेको अवस्थामा गलत कुरा हो र यो पार्टीलाई विभाजन गर्नेकुरा झन गलत कुरा थियो तर अब हामी चाहीँ पार्टीलाई पुनर्गठन गर्न बाध्य भएका छौँ । त्यसकारण कोही पनि साथीले आत्तिनुपर्ने जरुरी छैन । कतैतिर गएर विलय हुनुपर्ने आवश्यकता पनि छैन । कहीँ गएर निहुरिएर प्रवेश गर्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई स्वाभिमानका साथ ठिङ्ग उभ्भिन र यो पार्टी पुनर्गठन गर्ने अभियानमा लाग्न म सबैलाई आर्दिक अनुरोध गर्दछु । हामी एउटा नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा अघि बढ्छौँ । तपाईं हामी सबैको सपना भनेको एउटा सुन्दर नेपाली विशेषता सहितको सुन्दर नेपाल, एउटा स्वतन्त्र नेपाल, एउटा स्वाधिन नेपाल, एउटा समृद्ध नेपाल, तमाम भ्रष्टाचार, बेभिचार कुशासन आदि समाप्त भएको नेपाल । वर्ग, वर्गिय भेद, जातिय भेद, विविध खालका सामाजिक भेद, अनेक प्रकारका भाषागत भेद र धार्मिक भेद छन् त्यस्ता नभएको नेपाल, साँच्चै नै सुन्दर सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माण गर्ने तपाईं हामीको सपना हो । हो यो सपना पूरा गर्नका लागि हामीले अब नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता देखियो र यो नयाँ पार्टी निर्माण गर्ने प्रक्रियाप्रति एउटा संकल्प लिएर अगाडि बढौं । कोही पनि देब्रे दाहिने नलाग्नुहोस् । अब हामी त्यो नेतृत्व गर्छौं, हामी नेतृत्व गर्छाैं तपाईलाई सहि नेतृत्व दिन्छौँ, लप्पन छप्पन गर्ने खाले चाहीँ विविध ढंगले विचैलियाका पछि लाग्ने जस्ता खालका कामहरुबाट होइन हामी सच्चा अर्थमा जनतासँग जाने, जनतालाई जागृत गर्ने, संगठित गर्ने र साचो अर्थको स्वाधिन, स्वतन्त्र, समृद्ध नेपाल निर्माण गर्नेमा हामी अगुवाइ गर्छौं र हामी साचो अर्थको सच्चा पार्टी बनाउँछौ । जसरी हामीले माले, एमाले बनाउँदा खेरि त्यो कालखण्डमा साँचो अर्थका क्रन्तिकारी पार्र्टी बनाएका थियौ त्यसलाई हामी रिभाइभ गर्छौं, पुनःजागृत गर्छौं । हामी नेकपा एकीकृत सामाजवादीको क्रान्तिकारी धारको जुन लेगेसि हो त्यसलाई हामीले निरन्तरता दिन्छौ । नेकपाको क्रान्तिकारी धारलाई जुन छ त्यसको लेगेसिलाई हामी निरन्तरता दिन्छौ र आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम हामी एउटा नयाँ पार्टी निर्माण गर्छौं ।’

नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरु लाग्ने बताएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?