Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जेन–जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान शुरु गर्यौं : नारायणकाजी श्रेष्ठ


काठमाडौँ। नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताएका छन् । उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गरेका छन् । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तीहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गरेका छन् ।

उनले भने,‘नौ वटा पार्टीहरुले त्यसमा हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाढि बढने निर्णय ग¥यौं भनेर त्यो हस्ताक्षर भईसकेको छ । त्यो तपाईहरुलाई पनि थाहा भईसकेको छ । आज हामीले यसरी नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र पुनर्गठनको यो नया पहललाई अगाडि बढाउँदा ३ वटा कुरामा हाम्रो ध्यान छ । एउटा, हाम्रो एकीकरण समग्र नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक रुपान्तरण, पुनर्गठनको प्रक्रियाको कोशेढुंगाको रुपमा काम गर्नु पर्दछ । प्रस्थान विन्दुको रुपमा काम गर्नु पर्दछ । यसमा देशका भएका सबै कम्युनिष्ट र बामपन्थी शक्तिहरुलाई जो जो सकारात्मक दिशातिर राष्ट्रिय स्वाधिनताको पक्षमा आउँछन, सुशासन र समृद्धिको पक्षमा आउँछन । जो सामाजिक न्यायसहित समृद्धि र समाजवादको आधारको पक्षमा आउँछन । र, रणनीतिक रुपमा समाजवादको पक्षमा आउँछन । ती सबैलाई पनि हामीले नेपालको कम्युनिष्ट र बामपन्थी आन्दोलनको एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिलेको एकीकरण त्यसको निम्ति कोशेढुंगाको रुपमा, प्रस्थान विन्दुको रुपमा हामी अगाडि बढाउन चाहन्छौ । पहिलो हाम्रो एकतालाई त्यस रुपमा बुझन जरुरी छ । दोस्रो हाम्रो एकता, हामी एकताको निम्ति एकता, केही मान्छे थुर्पानका निम्ति एकता गर्दैछैनौ । हाम्रो एकता हाम्रो रणनीतिक लक्ष्यलाई, हाम्रो आर्दशलाई केन्द्रविन्दुमा राखेर विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागतता, सामूहिकता, सर्वहारा प्रगतिशील संस्कृति र जनमुखिता, वर्गमुखिता यो कुरालाई केन्द्रविन्दुमा राखेर यसको निम्ति सिंगो पार्टीलाई कम्युनिष्ट आन्दोलनलाई रुपान्तरणसहित अघि बढाउनका निम्ति हामीले यो एकता गर्दैछौ । तेस्रो हामी जेनजी आन्दोलन जो भयो । जेनजी आन्दोलनको चेतनाको अभाव, जेनजी आन्दोलनको मुद्दाहरु जो हामीले पनि उठाउँदै आएका थियौं । त्यो मुद्दाहरुलाई आत्मसात गरेर यसमा प्रभावित पार्ने र जेनजीसहितका युवा पुस्ताहरुलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित हामी नयाँ एकीकृत पार्टी पुनर्निर्माणको अगाडि बढिराखेका छौं ।’

नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?