Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका छन् । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ । केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उनले बताए । उनले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘नेपालका राजनितिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । केही नेताहरुको लागी र ती नेताहरुको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरु विघठित भएका छन् । पार्टीहरुको केही अस्तित्व छैन । जेनजी युवाहरुको जुन भावना हो भ्रष्टाचार मेटाईदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरु, भ्रष्टाचारका अभियोग लागेका नेताहरु टाउकोमा कल्की झुण्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’

नेता कार्कीले आफूहरुले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरेका छन् । उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजबादी संगठन निर्माण गर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?