Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका छन् । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ । केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उनले बताए । उनले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘नेपालका राजनितिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । केही नेताहरुको लागी र ती नेताहरुको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरु विघठित भएका छन् । पार्टीहरुको केही अस्तित्व छैन । जेनजी युवाहरुको जुन भावना हो भ्रष्टाचार मेटाईदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरु, भ्रष्टाचारका अभियोग लागेका नेताहरु टाउकोमा कल्की झुण्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’

नेता कार्कीले आफूहरुले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गरेका छन् । उनले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजबादी संगठन निर्माण गर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?