Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताएकी छिन् ।

प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउदै पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताइन् । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पार्टीहरु टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरु सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरु पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरु पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताएकी छिन् । सुरक्षाकर्मीहरुका हातहतियारहरु लुटिएको भन्दै गल्ती गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताइन्। उनले राजनीतिक दलहरुलाई पनि बोलाएर संवाद गर्नुपर्ने पनि बताइन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?