Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जेन–जी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन्ः अग्नि सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन् ।

आईतवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेन–जीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका छन् । नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराए । उनले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरेका छन् ।

नेता सापकोटाले भने, ‘हामी जेन–जीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । र उनीहरुको हाम्रो धारणा समान छ, साझा छ । र अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं । चाहे प्रधानमन्त्रीले बोलाउँदा होस, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस् । जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरी पनि स्पष्ट पार्न चाहन्छु ।’

नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गरेका छन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?