Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जनार्दन शर्माले अराजक व्यवहार देखाएः दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाएका छन् ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताएका छन् । उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गरेका छन् । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किएका थिए । उनले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राखेका छन् ।

उनले भने, ‘….केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । उहाँले आज बैठक राम्रो शुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँले शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’

दाहालले केन्द्रिय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गरेका छन्।


प्रकाशित मिति: १६ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?