Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जनार्दन शर्माले अराजक व्यवहार देखाएः दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाएका छन् ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताएका छन् । उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गरेका छन् । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किएका थिए । उनले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राखेका छन् ।

उनले भने, ‘….केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । उहाँले आज बैठक राम्रो शुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँले शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’

दाहालले केन्द्रिय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गरेका छन्।


प्रकाशित मिति: १६ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?