Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हामीले भाग लिन नपाए निर्वाचन हुँदैनः रेशमलाल चौधरी


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका हुन्  । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकीर समेत गर्नुभयो । उहाँले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताएका छन् ।

संरक्षक चौधरीले भने, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लडने हामी । कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ? रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु–फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’

संरक्षक चौधरीले जेन–जी आन्दोलन आम नागरिकको विद्रोह भएको दावी समेत गरेका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?