Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई


२८ चैत ,काठमाडौँ । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे । फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए ।

तिम्सिनाले रु ३५ हजार र नेपालले रु २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले रु २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले रु १५ हजार पुरस्कार प्राप्त गरे ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?