Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई


२८ चैत ,काठमाडौँ । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे । फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए ।

तिम्सिनाले रु ३५ हजार र नेपालले रु २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले रु २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले रु १५ हजार पुरस्कार प्राप्त गरे ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?