Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

आज मिति २०७९ साल चैत्र २८ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र २८ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशि – अधूरा कामहरु बन्नेछन् । वादविवाद हुन सक्छ । काममा सहास बढ्नेछ । रमाइलो गर्न मन लाग्नेछ । स्वास्थयको बाधा सुधार हुनेछ । धार्मिक काममा पनि मन जाला । अरुको मन जित्न सकिनेछ । व्यवसायमा प्रगति हुने देखिन्छ ।

बृष राशि – मन रमाउने छ । प्रेम सम्बन्ध सम्झन योग्य रहनेछ । अल्छीपन भने बढ्न सक्छ । ब्यापार ब्यवसायमा राम्रो समय छ । मीठो मसिनो खाना जुर्नेछ । बोलिको प्रभावले धेरै कामहरु बन्ने छन् । मुद्दा मामलामा सावधान रहनु होला ।

मिथुन राशि – पदोन्नतीको सम्भावना छ । साथिभाइ इष्ट मित्रले काममा साथ दिनेछन् । फलामका सामग्रीसँग सजग रहनु होला । नसोचेको ठाउमा खर्च हुनेछ । प्रेममा सफलता मिल्नेछ । विद्यामा सामान्य सफलता मिल्ला । सरकारी क्षेत्रमा राम्रै प्रगति हुने देखिन्छ ।

कर्कट राशि – मानसिक तनाव बढ्न सक्छ । काममा मन जानेछैन । परिवारमा बेमेल रहनेछ । उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ । नयाँ कामको थालनिमा सावधान रहनु होला ।

सिंह राशि – सहयोगीहरु बढने छ । रमाइलोसँग समय बित्नेछ । अरुको विश्वाश ठिक्क मात्र गर्नु होला । लेनदेनमा विवाद हुन सक्छ । काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको मन जित्न सकिने छ । सानो प्रयासले पनि ठुलो काम बन्नेछ ।

कन्या राशि – काममा ढिलाइ होला । साथिभाइबाट धोका हुन सक्छ । पठनपाठनमा प्रगति हुनेछ । भाग्यले साथ दिने छ । मिठाखाने कुरा खाइएला । आर्थिक पक्ष राम्रो छ । प्रतियोगितामा भाग लिने अवसर मिल्ला । जग्गाजमिन सम्बन्धि काममा लाभ मिल्नेछ ।

तुला राशि – पराक्रम बडेर जाने छ । र्धािर्मक काममा पनि मन जानेछ । आइतबार पछि आफ्नै निर्णयबाट काम बन्नेछन् । वादविवादमा फसिएला । आर्थिक पक्षभने सामान्य रहनेछ । प्रेम प्रसंगका रमाइला कुराले मन गद–गद रहनेछ ।

बृश्चिक राशि – स्वास्थ्यमा समस्या देखापर्ला । आर्थिक कारोबारमा सजक रहनु होला । मानसिक समस्या भने हट्ने छ । कामहरु बिस्तारै बन्नेछन् । उपहार आदि पाउने योग छ । बोलिमा नरम पनको कमि होला विचार गरेर बोल्दा राम्रो हुनेछ ।

धनु राशि – नयाँ कुरामा लगानी गर्दा बिचार गर्नु होला । बोलिमा तार्किक क्षमता बड्नेछ । गरेको परिश्रम खेर जाने छैन । सहयोग भने कमै मिल्ला । सामाजिक काममा सक्रिय रहनु पर्नेछ । अध्ययन अध्यापनमा कम मन जाला । यात्रामा मन जानेछ ।

मकर राशि – काममा सफलता मिल्ने छ । शिक्षामा अवरोध होला । प्रेमीप्रेमिकासँग खटपट हुनसक्छ । कलाकारीता क्षेत्रमा राम्रो छ । अनुसन्धान मूलक कामबाट फाइदा हुनेछ । आज विरोधिहरु सक्रिय रहनेछन् । घुमघाममा रमाइने छ ।

कुम्भ राशि – अल्छी पन बढ्न सक्छ । मन मानकरात्मक सोचाईहरु आउलान् । खानपिनका कुरामा सावधानि अपनाउनु होला । आफन्तको सहयोगमा कामहरु बन्नेछन् । ब्यवसायमा फाइदा नै हुनेछ । नयाँ कामको थालनीमा हतार नगर्दा नै राम्रो छ ।

मीन राशि – नयाँ मित्रको सहयोग पाइने छ । प्रेममा विवाद पर्न सक्छ । ठूलाबडाको प्रिय भइनेछ । पुराना मित्रबाट भने धोका हुन सक्छ । काममा आंशिक सफलता मिल्नेछ । सोचे अनुसार कमाइ पनि राम्रै हुनेछ । विद्यामा प्रगति हुनेछ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?