Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हामीले सत्ता सञ्चालन गर्न जानेनौँ, स्वार्थी भयौँः चन्द्र भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले नेपाली काँग्रेसले सत्ता सञ्चालन गर्न नजानेको बताएका छन्।

विपी चिन्तन प्रतिष्ठानद्वारा बुधवार काडमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काँग्रेस नेपाली जनतालाई मौलिक अधिकार दिलाउन तथा प्रजातान्त्रिक आन्दोलनमा सधैँ सफल भएपनि सत्ता सञ्चालन गर्ने विषयमा भने चुकेको बताएका छन् । सत्ता सञ्चालन गर्ने बेलामा स्वार्थी र लोभी बनेको उनको आरोप छ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्तिले नै अहिलेको समस्या रहेको उनको भनाई छ । यो समस्या समाधान नगरिकन व्यक्ति परिवर्तन भएपनि प्रवृत्ति परिवर्तन नहुने उनले बताए । उनले प्रवृत्ति परिवर्तन नभईकन मुलुक, प्रजातन्त्र र पार्टी पनि बलियो नहुने उल्लेख गरेका छन् । सुशासन र पारदर्शी कायम गर्न नसक्दा जेनजी विद्रोह भएको उनको भनाई छ । युवाहरुको मागलाई साथ दिनुपर्नेमा पनि उनले जोड दिए । उनले विपी कोईरालाले युवालाई साथ नदिदाँ देशमा सांस्कृतिक क्रान्ति हुने र त्यसलाई थाम्न नसक्ने बताउनुभएको पनि स्मरण गरेका छन् । उनले २०३३ सालमा देश शंकटमा रहेको बेलामा विपी कोईराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको उल्लेख गरे । उनले हाल एक अर्कालाई दोषारोपण गरेर बस्ने बेला नभएको बताए । राष्ट्रलाई अफ्ठ्यारो परेको बेला सबै कुरा गौण हुने उनको भनाई छ ।

उनले भने, ‘अहिले देश संकटमा छ । कसरी यो कुरा हामीले बुझ्न प¥यो । विपिले त्यतिबेलै भन्नुभएको छ, हामीले युवालाई साथ दिएनौ भने युवाले हामीलाई साथ दिँदैन । यदी देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले थाम्न सक्दैनौँ । विपिले त्यतिबेलै भनेको हो । अहिले विपिका कुरा गर्ने, विपिको आचरण नगर्ने, गणेशमानजीको नगर्ने, किशुनजीको नगर्ने, सुर्वण शमसेरको नगर्ने । के नेताका परिवारहरुले आफ्ना बाउआमाको आचरण पालना गरेका छन् ? यो सबैभन्दा ठूलो प्रश्न हो । अहिले के छ त अवस्था भन्दा हामीले सबैभन्दा ठुलो, के हामीले केही गरेनौँ ? हामीले ग¥यौँ । नेपाली काँग्रेसको ईतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौँ । पटकपटक प्रजातान्त्रिक आन्दोलनमा हामी लड्यौँ । हामी सफल भयौँ । कहाँ चुक्यौँ त भन्दा हामी सत्ता संचालन गर्न जानेनौँ । हामी स्वार्थी भयौँ, हामी लोभी भयौँ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा आफु बलियो हुन खोज्यौँ यही हो अहिलेको समस्या । यो समाधान नगरिकन युवा पुस्ताले मेरो हातमा आउँछ भन्ने कल्पना नगर्नु । व्यक्ति परिवर्तन हुँला प्रवृत्ति परिवर्तन हुँदैन । प्रवृत्ति परिवर्तन नभईकन मुलुक बलियो पनि हुँदैन । प्रजातन्त्र बलियो पनि हुँदैन । पार्टी पनि बलियो हुँदैन । यो अहिलेसम्मको निष्र्कष हो ।’

उनले देशमा नकरात्मकता बढी फैलिएको कारण विद्रोह भएको बताए । उनले नेपालीहरुलाई विभिन्न नाममा लडाउने गरिएको उल्लेख गर्नुभयो । सोहीअनुसार हाल उमेरको नाममा लडाउन खोजिएको बताउनु भयो ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?