Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

हामीले सत्ता सञ्चालन गर्न जानेनौँ, स्वार्थी भयौँः चन्द्र भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले नेपाली काँग्रेसले सत्ता सञ्चालन गर्न नजानेको बताएका छन्।

विपी चिन्तन प्रतिष्ठानद्वारा बुधवार काडमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काँग्रेस नेपाली जनतालाई मौलिक अधिकार दिलाउन तथा प्रजातान्त्रिक आन्दोलनमा सधैँ सफल भएपनि सत्ता सञ्चालन गर्ने विषयमा भने चुकेको बताएका छन् । सत्ता सञ्चालन गर्ने बेलामा स्वार्थी र लोभी बनेको उनको आरोप छ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्तिले नै अहिलेको समस्या रहेको उनको भनाई छ । यो समस्या समाधान नगरिकन व्यक्ति परिवर्तन भएपनि प्रवृत्ति परिवर्तन नहुने उनले बताए । उनले प्रवृत्ति परिवर्तन नभईकन मुलुक, प्रजातन्त्र र पार्टी पनि बलियो नहुने उल्लेख गरेका छन् । सुशासन र पारदर्शी कायम गर्न नसक्दा जेनजी विद्रोह भएको उनको भनाई छ । युवाहरुको मागलाई साथ दिनुपर्नेमा पनि उनले जोड दिए । उनले विपी कोईरालाले युवालाई साथ नदिदाँ देशमा सांस्कृतिक क्रान्ति हुने र त्यसलाई थाम्न नसक्ने बताउनुभएको पनि स्मरण गरेका छन् । उनले २०३३ सालमा देश शंकटमा रहेको बेलामा विपी कोईराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको उल्लेख गरे । उनले हाल एक अर्कालाई दोषारोपण गरेर बस्ने बेला नभएको बताए । राष्ट्रलाई अफ्ठ्यारो परेको बेला सबै कुरा गौण हुने उनको भनाई छ ।

उनले भने, ‘अहिले देश संकटमा छ । कसरी यो कुरा हामीले बुझ्न प¥यो । विपिले त्यतिबेलै भन्नुभएको छ, हामीले युवालाई साथ दिएनौ भने युवाले हामीलाई साथ दिँदैन । यदी देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले थाम्न सक्दैनौँ । विपिले त्यतिबेलै भनेको हो । अहिले विपिका कुरा गर्ने, विपिको आचरण नगर्ने, गणेशमानजीको नगर्ने, किशुनजीको नगर्ने, सुर्वण शमसेरको नगर्ने । के नेताका परिवारहरुले आफ्ना बाउआमाको आचरण पालना गरेका छन् ? यो सबैभन्दा ठूलो प्रश्न हो । अहिले के छ त अवस्था भन्दा हामीले सबैभन्दा ठुलो, के हामीले केही गरेनौँ ? हामीले ग¥यौँ । नेपाली काँग्रेसको ईतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौँ । पटकपटक प्रजातान्त्रिक आन्दोलनमा हामी लड्यौँ । हामी सफल भयौँ । कहाँ चुक्यौँ त भन्दा हामी सत्ता संचालन गर्न जानेनौँ । हामी स्वार्थी भयौँ, हामी लोभी भयौँ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा आफु बलियो हुन खोज्यौँ यही हो अहिलेको समस्या । यो समाधान नगरिकन युवा पुस्ताले मेरो हातमा आउँछ भन्ने कल्पना नगर्नु । व्यक्ति परिवर्तन हुँला प्रवृत्ति परिवर्तन हुँदैन । प्रवृत्ति परिवर्तन नभईकन मुलुक बलियो पनि हुँदैन । प्रजातन्त्र बलियो पनि हुँदैन । पार्टी पनि बलियो हुँदैन । यो अहिलेसम्मको निष्र्कष हो ।’

उनले देशमा नकरात्मकता बढी फैलिएको कारण विद्रोह भएको बताए । उनले नेपालीहरुलाई विभिन्न नाममा लडाउने गरिएको उल्लेख गर्नुभयो । सोहीअनुसार हाल उमेरको नाममा लडाउन खोजिएको बताउनु भयो ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?