Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मानव अधिकार आयोगद्वारा दुर्गा प्रसाईंसँग छलफल


काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ ।

आयोगले बुधवारवार प्रसाईसँग छलफल गरेको हो । प्रसाईंले मंसिर ७ गतेदेखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो । आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिएका छन् । उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरेका छन् । उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए । उनले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको बताउदै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरेका छन् ।

आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको बताउदै उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरेका छन् ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?