Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

‘अझै केही दिन सङ्क्रमण बढ्ने’


२७ चैत ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । “अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ”, उनले भने, “त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ ।”

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ ।

आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, आज २९ जना कोरोना सङ्क्रमणबाट उपचार गरी घर फर्किएका छन् ।

अहिलेसम्म सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारणले सङ्क्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको  हो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?