Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन


काठमाडौँ। नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ ।

मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो । पत्रकार सम्मेलन गर्न लागेका बमले द गेम अफ लुसिफर भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे ।

आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औंला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए । समाचार बनाउन उनले पत्रकारहरुलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् । पत्रकार सम्मेलन त्यत्तिकै सकियो । फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका संगीत बम दाहिने हातमा भि साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए । यो इसारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ ।

युवा प्रदर्शनहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएपछि संगीत बमले भि साइनलाई लडाईंको पहिलो जितको प्रतिकका रुपमा चिन्हित गरेका छन् । भि भनेको भिक्ट्री होइन यो युवा शक्तिको आवाज हो । जसले पुरानो व्यवस्थालाई धुलोमा मिलाउने उनको संकेत रहेको बुझ्न सकिन्छ । बालेन्द्र साहको नेतृत्वमा युवा गठबन्धनलाई समर्थन गर्दै उनले अन्तरिम सरकारको आलोचना गरेका छन् ।

केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतिक हो । भि साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?