Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जेन-जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम


काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छिन् ।

सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् । उनले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाईतेमध्ये एक जना महिला रहेको र उनिमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताएकी छिन् ।

उनले भनिन्, ‘केएमसीबाट ८३ जना जेन जी घाईतेहरुलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेन जी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’

उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने पनि बताइन् ।


प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?