Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नवनियुक्त खेलकुदमन्त्री गुप्ताको प्रतिवद्धताः गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु


काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।

आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका छन् । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो । उनले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने समेत बताए ।

नवनियुक्त मन्त्री गुप्ताले भने, ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । र के—के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रश्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरी पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छाैं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’

यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।


प्रकाशित मिति: ९ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?