Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नवनियुक्त खेलकुदमन्त्री गुप्ताको प्रतिवद्धताः गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु


काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।

आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका छन् । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो । उनले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने समेत बताए ।

नवनियुक्त मन्त्री गुप्ताले भने, ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । र के—के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रश्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरी पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छाैं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’

यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।


प्रकाशित मिति: ९ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?