Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

छठको दोस्रो दिन आज खरना विधिः अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै


काठमाडौँ। सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ ।

छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन् । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् । स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ ।

खरना दिनमा व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्य देवतालाई खीर, रोटी, फलफूल र ठेकुवा लगायतका सामग्री चढाएर पूजा गर्छन् । त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिनका लागि तयारी शुरु गरिन्छ ।

आगामी दिन अर्थात सन्ध्या अघ्र्य र त्यसपछिको प्रातः अघ्र्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भीड बढेको छ ।


प्रकाशित मिति: ९ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?