Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन-जी रेडफोर्स संयोजक तिमिल्सिना


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छिन् ।

जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन्। उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै उनले सरकारले छानविन गर्नुपर्ने बताइन् । छानविनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उनको भनाई छ । उनले रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउनले बताइन् । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार नसहने उनको भनाई छ । उनले यो अब देश जेनजी रेडफोर्सले मात्रै बनाउने दाबी गरिन् । उनले जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउदै नेपालभरीका वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

उनले भनिन्, ‘माओवादी केन्द्रमा भ्रटाष्चार नै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदी उहाँ दोषी देखिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचार विरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार सहनेछैन ।’

जेन—जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानविन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पती छानविन हुनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा लगायका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग अगाडी सारेको छ ।


प्रकाशित मिति: ९ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?