Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

जेन–जीका सपना मेटिँदै, शहीदको बलिदान खेर जाने भयो : शहीद तथा घाइते परिवार


काठमाडौँ। अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका  जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको बताए । शहीदहरुको उदे्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाएका छन् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गरेका छन् । सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उनको भनाइ छ । अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उनको माग छ ।

उनले भने, ‘आज हामीले देशभरका जेन जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ । यसमा सांस्कृतिक कार्यक्रम, नाटकहरु छ । यसको उद्देश्य भनेको शहीदहरुले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेण्डा सरकारले पूरा गर्नतिर लागोस् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ । त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ । यो कार्यक्रम निरन्तर अघि बढिरहनेछ । दबाबसहितको कार्यक्रम सिर्जना गरेका छौँ । यो सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर लागोस् । यो सरकार जेन जीको भावनाअनुरुप चलेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन । त्यसैले सडकमा आउनुपरेको हो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस् । संविधान संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारीमा जानुपर्छ ।’

माईतीघरमा जेन—जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको तस्बिर राखेर भाईटीकाको दिन माल्यार्पण गरेका छन् । साथै सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिएका छन् ।


प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?