Trending
>>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जेन–जीका सपना मेटिँदै, शहीदको बलिदान खेर जाने भयो : शहीद तथा घाइते परिवार


काठमाडौँ। अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका  जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको बताए । शहीदहरुको उदे्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाएका छन् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गरेका छन् । सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उनको भनाइ छ । अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उनको माग छ ।

उनले भने, ‘आज हामीले देशभरका जेन जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ । यसमा सांस्कृतिक कार्यक्रम, नाटकहरु छ । यसको उद्देश्य भनेको शहीदहरुले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेण्डा सरकारले पूरा गर्नतिर लागोस् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ । त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ । यो कार्यक्रम निरन्तर अघि बढिरहनेछ । दबाबसहितको कार्यक्रम सिर्जना गरेका छौँ । यो सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर लागोस् । यो सरकार जेन जीको भावनाअनुरुप चलेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन । त्यसैले सडकमा आउनुपरेको हो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस् । संविधान संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारीमा जानुपर्छ ।’

माईतीघरमा जेन—जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको तस्बिर राखेर भाईटीकाको दिन माल्यार्पण गरेका छन् । साथै सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिएका छन् ।


प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?