Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकार मसँग दुश्मनी गरेर अर्को आन्दोलनको बीउ रोप्दैछ : ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् ।

बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ । उनले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुस्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

उनले भने, ‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुस्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुस्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’

जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।


प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?