Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जेन-जी आन्दोलनमा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्नु सरकारको जिम्मेवारीः प्रधानमन्त्री


काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएकी छिन् ।

नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् । उनले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर गरेकी छिन्। उनले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको बताइन् । ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेको जिकिर गरिन् । यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको दाबी गरेकी छिन् । कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीहरुको मौलिक संस्कृति भएको बताइन् । तसर्थ कुनैपनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन आह्वान गरिन् । शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यस वर्ष हामी परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेका छौँ । भदौको महान जेन जी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पिएको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्वन गर्ने दृढ प्रतिवद्धता प्रकट गरेको छ । यसबीचमा जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने भएको छ । फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट छौँ । ६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छ । कठिन परिस्थितिमा एकतावद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ कुनैपनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ । शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौँ ।’

प्रधानमन्त्री कार्कीले यस वर्ष हामी परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको दाबी गरेकी छिन् ।

 


प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?