Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

संविधानअनुसार नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिन्थ्योः ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने भएपनि सोअनुसार नभएको दाबी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित सम्पादकहरुसंग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । उनले आफुले संसद विघटन नगरी संविधानको धारा ७६ मा उपधारा ८ थपेर नयाँ व्यवस्था गरी प्रनिनिधि सभा बाहिरको व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राखेर कार्कीलाई संविधानसंवत बनाउने सकिने आधार प्रस्तुत गरेको पनि उल्लेख गरेका छन्  । उनले संसद बाहिरको व्यक्ति प्रधानमन्त्री बन्नै नहुने पक्षमा आफू नरेहेको पनि बताएका छन् । कठिन परिस्थिति रहेको बेलामा संविधान संसोधन गरेर सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन कसैले पनि अवरोध नगर्ने उनको जिकिर गरेका छन् । संसद विघटन नै गर्नुपर्ने के कारण हो आफुले अहिलेसम्म बुझ्न नसकेको उनले बताएका छन् ।

उनले भने, ‘मैले सुशीला काकीजी वा कोही अरु संसद बाहिरबाट प्रधानमन्त्री हुनै हुँदैन भन्ने पनि जिकिर गरिन् । मैले के भने भने संविधान कायम रहनुपर्दछ र संसद विघटन हुनुहुँदैन कायम रहनुपर्दछ । त्यहाँबाट समाधान खोजिनुपर्दछ । जस्तो कसैलाई पनि प्रधानमन्त्री संसदभन्दा बाहिरबाट बस्न प¥यो भने संसद त कायम थियो, संसद जिवित थियो । संसदको बैठक चालू थियो । भोलिपल्ट २५ गते नै संसदको दिन थियो । त्यो त पोष्टपोन्ड गर्न लगाईयो । २५ गते एकछिन संसद बसेर यस्तो भयो भन्दा त संसदले बुझ्थ्यो । म बुझेथे, शेर बहादुरजी बुझ्नु हुन्थ्यो । पार्टीहरुले बुझ्दथे । संविधानको धारा ७६ मा एउटा उपधारा अन्तिममा उपधारा ७ भन्दा पछि एउटा उपधारा ८ राख्न सकिन्थ्यो । थप्न सकिन्थ्यो संसोधन गरेर । विशेष परिस्थितिमा राष्ट्रपतिले संसदभन्दाको बाहिरको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । प्रतिनिधिसभा भन्दा बाहिरकोलाई पनि नियुक्त गर्न सक्नेछन् भनेर राख्न सक्थ्यो । संसोधन गर्न सक्थ्यो । त्यो अधिकार त संसदसंग थियो । तलतिर स्पष्टिकरण भन्ने राख्नपथ्र्यो । ६ महिनाभित्र चुनाव गराउने र सातौँ महिनामा सत्ता हस्तान्तरण गर्ने भन्ने त कबुल छ नी त । त्यो कबुल हुन्छ भने यो संसोधन, संसोधित बुँदा यो संविधानको धारा ७६ को ८ नम्बर बुँदा, संसोधित बुँदा जारी भएको मितिले ७ महिना कायम रहनेछ र स्वतः खारेज हुनेछ भनेपछि त संविधानभित्रैबाट त्यो काम गर्न सकिन्थ्यो । सुशीलाजीलाई नै ल्याउने भएपनि । त्यो नमान्नुपर्ने र संसद खारेज गर्नुपर्ने, जनप्रतिनिधि, जनप्रतिनिधिमुलक संस्थाप्रति वैरवभाव राख्नुपर्ने कारण के हुन्थ्यो त ?’

उनले संविधान, संसद र लोकतान्त्रिक पद्धतीबाटै निकास निकाल्न सकिने बताएकोपनि उल्लेख गरेका छन्  । जेज—नीको नाममा यो सरकार संवैधानिक बाटो हुँदाहुदै असंवैधानिक रुपमा बनेको उनको आरोप छ ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?