Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

शान्ति सुरक्षाको अवस्था भंग भएको छः ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताएका छन् ।

आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले आफू प्रधानमन्त्री हुदाँ सुरक्षा व्यवस्था कायम भएपनि हाल भंग भएको दाबी गरेका छन् । देशमा त्रासदीको वातावरण सिर्जना भएको उनको भनाई छ । उनले हाल देश भताभुङ्ग भएको, अस्थिरता र अनिश्चयमा गएको बताएका छन् । आफूले देश विकास र सार्वभौम सत्ताको संरक्षण गरेर अघि बढिरहेको उनको दाबी थियो । उनले देश, जनता र मानवजातीप्रति आफ्नो सधैँ बफदारिता रहने बताए । उनले हाल पत्रकारहरु समेत असुरक्षित रहेको बताएका छन् । उनले पत्रकारहरु लेखेकै आधारमा डराएर हिड्नुपर्ने, त्रसित भएर बस्नुपर्ने अवस्था आफु प्रधानमन्त्री हुँदा नरहेको पनि दाबी गरेका छन् ।

उनले भने, ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरु कसैले अघि मैले लेखेको लेखको बापतमा, विषयमा हमला गर्लाकी भनेर पल्याकपुलुक हेरेर हिँड्नुपर्ने, डराउँदै हिँड्नुपर्ने, लेख्नुभन्दा अगाडी सेल्फ सेन्सरसीप गर्नुपर्ने, आफुले आफैलाई रिट्रिक्सन गर्नुपर्ने, त्रसित भावले गाईडेड हुने अवस्था थिएन भन्ने म दाबी गर्छु । अहिले साथीहरुलाई फेरि म सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ । किनभने त्रास छ नि मनमा । के भनेको हो मेरो बौद्धिकताले अलिकति भ्याउदिन । यो के भनेको हो ? शान्ति सुव्यवस्था थियो भंग भएको छ । निर्धक्कको वातावरण थियो त्रासदी भएको छ । देश विकासको बाटोमा अगाडी वढ्दै थियो, सार्वभौम सत्ताको संरक्षण गरेर अगाडी बढ्दै थियो, त्यो भताभुङ्ग भएको छ । अस्थिरतामा गएको छ । अनिश्चयमा गएको छ । कसैलाई मन परेपनि नपरेपनि यस देशप्रति मेरो बफादारिता छ । यस देशका जनताप्रति मेरो बफादारिता छ । मानव जातीप्रति मेरो बफादारिता छ ।’

उनले देशमा समृद्धि, समानता, शान्ति सुव्यवस्था विश्वसनिय ढंगले स्थापना हुनुपर्नेमा जोड दिएका छन् । सबैले आफ्नो जीउधन, अधिकार, सम्पतीको रक्षा पाउने र सुरक्षाको प्रत्याभुति हरेक मानिसमा हुनुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?