Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एक पैसा पनि भ्रष्टाचार गरेको छैन, सम्पादक मण्डलले नै छानविन गरेपनि हुन्छः ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्।

आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उनको भनाई छ । उनले जलेको घरको खरानी बाहेक केही नभएको बताए । सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताए । उनले खातामा २०/२५ लाख रुपैयाँ हुनसक्ने बताएका छन्।

उनले भने,‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईहरु पनि एउटा टोली बनाएर छानविन गर्नुस् न, हो । अरुको सक्नुहुन्न भने केपी ओली एउटाको छानविन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासंघले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईहरुले हिसाव गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म संग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’

उनले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ती छानविन गर्न पनि चुनौती दिएका छन् । उनले सबैको सम्पती छानविन गर्न पनि आग्रह गरेका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?