Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ : विप्लप


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गरेका छन् ।

पार्टीले आईतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गरेका छन् । वर्तमान सरकारले देशलाई अर्को राजनीतिक संकट र विद्रोहतर्फ धकेल्ने आफ्नो पार्टीको विश्लेषण रहेको उनको भनाइ छ । उनले अन्तरिम सरकारमा जेन–जीको सहभागिता समेत हुन नसकेको उल्लेख गर्दै र्तमान सरकार खारेज गरी जेनजीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने जोड दिएका छन् । उनले वर्तमान सरकारले चुनावको वातावरण समेत बनाउन नसकेको आरोप लगाए । उनले जबरजस्ती निर्वाचन गरेर मुलुकलाई दललाको हातमा दिने कार्य गर्ने दिशामा सरार अगाडि बढिरहेको आरोप समेत लगाएका छन् । उनले नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी, बुद्धिजीवी तथा सत्ताबाहिर बसेर देशको स्वायत्तता र स्वाधीनताका लागि लडेका दलहरूलाई समावेश गरेर सर्वपक्षीय सरकारमार्फत संविधान सुधार गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको जिकिर छ ।

उनले भने, ‘वर्तमान सरकार जेनजी विद्रोहले उठाएका मागअनुकुल बन्न सकेको छैन । सरकार गठन हुँदाखेरी नै रहस्यमय तरिकाले बनाइयो । सरकार गठनका सम्बन्धमा विगतमा सरकारमा रहेका दलहरुको बीचमा नै मतभिन्नताहरु देखा परेका छन् । यो सरकार हामीले बनाएको हो भनेर सरकारको जिम्मा लिन तयार छैनन् । त्यो मात्र होइन मन्त्रीहरु कसरी बने भन्ने विषयमा समेत ठुला विवादहरु देखापरेका छन् । मन्त्री नै जेनजीको भावनाविपरित आए भन्ने कुराहर पनि उठिरहेको छ । सरकारमा जेनजीको सहभागिता नै हुन सकेको छैन । हाम्रो चिन्ता के हो भने यस्तो विद्रोहपछि जसरी मुलुकले राजनीतिक निकास पाउनुपर्नेमा अर्को संकटतर्फ धकेलिएको छ । यसले अर्को विद्रोह वा आन्दोलन सिर्जना गर्ने हाम्रो पार्टीको विश्लेषण छ । यो सरकार भ्रष्टाचारको विरुद्धमा, लोकतान्त्रिक व्यवस्थाको अपूर्णताको बारेमा, व्यवस्थापकिय प्रणालीको बारेमा राज्य पुर्नसंरचनाको आवश्यकता बोध नगरि देशलाई पछाडि धकेल्न खोज्यो । हाम्रो भनाइ के हो भने यो सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । त्यसमा जेनजीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागि बन्नुपर्छ । नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी र बुद्धिजिवी तथा सत्ताभन्दा बाहिर बसेर मुलुकको स्वायत्तता र स्वाधिनताका लागि लडेका दलहरुलाई समेत सहभागि गराएर अगाडि बढ्नुपर्छ । त्यो सर्वपक्षिय सरकारले संविधान सुधार वा निर्माणका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ । त्यसमार्फत संविधान संशोधन, शासकीय स्वरुप बदल्ने र व्यवस्थापकीय प्रणालीलाई नयाँ बनाउनुपर्छ । अनि मात्र चुनावमा जानुपर्छ ।’

उनले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरुको सम्पती छानविन गर्न आयोग गठन गर्न समेत माग गरेका छन् । उनले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरु बन्द गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?