Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ : विप्लप


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गरेका छन् ।

पार्टीले आईतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गरेका छन् । वर्तमान सरकारले देशलाई अर्को राजनीतिक संकट र विद्रोहतर्फ धकेल्ने आफ्नो पार्टीको विश्लेषण रहेको उनको भनाइ छ । उनले अन्तरिम सरकारमा जेन–जीको सहभागिता समेत हुन नसकेको उल्लेख गर्दै र्तमान सरकार खारेज गरी जेनजीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने जोड दिएका छन् । उनले वर्तमान सरकारले चुनावको वातावरण समेत बनाउन नसकेको आरोप लगाए । उनले जबरजस्ती निर्वाचन गरेर मुलुकलाई दललाको हातमा दिने कार्य गर्ने दिशामा सरार अगाडि बढिरहेको आरोप समेत लगाएका छन् । उनले नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी, बुद्धिजीवी तथा सत्ताबाहिर बसेर देशको स्वायत्तता र स्वाधीनताका लागि लडेका दलहरूलाई समावेश गरेर सर्वपक्षीय सरकारमार्फत संविधान सुधार गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको जिकिर छ ।

उनले भने, ‘वर्तमान सरकार जेनजी विद्रोहले उठाएका मागअनुकुल बन्न सकेको छैन । सरकार गठन हुँदाखेरी नै रहस्यमय तरिकाले बनाइयो । सरकार गठनका सम्बन्धमा विगतमा सरकारमा रहेका दलहरुको बीचमा नै मतभिन्नताहरु देखा परेका छन् । यो सरकार हामीले बनाएको हो भनेर सरकारको जिम्मा लिन तयार छैनन् । त्यो मात्र होइन मन्त्रीहरु कसरी बने भन्ने विषयमा समेत ठुला विवादहरु देखापरेका छन् । मन्त्री नै जेनजीको भावनाविपरित आए भन्ने कुराहर पनि उठिरहेको छ । सरकारमा जेनजीको सहभागिता नै हुन सकेको छैन । हाम्रो चिन्ता के हो भने यस्तो विद्रोहपछि जसरी मुलुकले राजनीतिक निकास पाउनुपर्नेमा अर्को संकटतर्फ धकेलिएको छ । यसले अर्को विद्रोह वा आन्दोलन सिर्जना गर्ने हाम्रो पार्टीको विश्लेषण छ । यो सरकार भ्रष्टाचारको विरुद्धमा, लोकतान्त्रिक व्यवस्थाको अपूर्णताको बारेमा, व्यवस्थापकिय प्रणालीको बारेमा राज्य पुर्नसंरचनाको आवश्यकता बोध नगरि देशलाई पछाडि धकेल्न खोज्यो । हाम्रो भनाइ के हो भने यो सरकार खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । त्यसमा जेनजीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागि बन्नुपर्छ । नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी र बुद्धिजिवी तथा सत्ताभन्दा बाहिर बसेर मुलुकको स्वायत्तता र स्वाधिनताका लागि लडेका दलहरुलाई समेत सहभागि गराएर अगाडि बढ्नुपर्छ । त्यो सर्वपक्षिय सरकारले संविधान सुधार वा निर्माणका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ । त्यसमार्फत संविधान संशोधन, शासकीय स्वरुप बदल्ने र व्यवस्थापकीय प्रणालीलाई नयाँ बनाउनुपर्छ । अनि मात्र चुनावमा जानुपर्छ ।’

उनले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरुको सम्पती छानविन गर्न आयोग गठन गर्न समेत माग गरेका छन् । उनले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरु बन्द गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?