Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

म देश र जनताप्रति बफदार छु, कसैलाई मन नपर्नु व्यक्तिगत कुरा होः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताएका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आईतवार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उनले सो कुरा बताएका छन् । अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताए ।

उनले भने,‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताएका छन्।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?