Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर मागे शान्ति सुरक्षाको प्रत्याभुति


काठमाडौँ। निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ । निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तिब्रता दिन लागिएको र उश्रृङ्खल तत्वबाट बाधाअड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभुति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताएका छन् ।

अध्यक्ष सिंहले भने,‘दिपावली पछि निर्माणको काम तिब्रता दिँदैछौं । उश्रृंखल तत्वबाट अवरोध खडा गर्नसक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ । हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनप¥यो भनेर गृहमन्त्रीसँग माग गरेका छौं । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभुति हुनेगरी दिलाउने बताउनु भयो ।’

अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताए। व्यवसायीहरुले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?