Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर मागे शान्ति सुरक्षाको प्रत्याभुति


काठमाडौँ। निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ । निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तिब्रता दिन लागिएको र उश्रृङ्खल तत्वबाट बाधाअड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभुति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताएका छन् ।

अध्यक्ष सिंहले भने,‘दिपावली पछि निर्माणको काम तिब्रता दिँदैछौं । उश्रृंखल तत्वबाट अवरोध खडा गर्नसक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ । हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनप¥यो भनेर गृहमन्त्रीसँग माग गरेका छौं । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभुति हुनेगरी दिलाउने बताउनु भयो ।’

अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताए। व्यवसायीहरुले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?