Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौँः मिराज ढुंगाना


काठमाडौँ। जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्  ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गररेका छन् । उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरेका छन् । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उनको भनाई छ । उनले जेन—जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिएका छन् ।

उनले भने, ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होईन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होईन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुप¥यो । कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुप¥यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’

उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताएका छन् ।


प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?