Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौँः मिराज ढुंगाना


काठमाडौँ। जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्  ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गररेका छन् । उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरेका छन् । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उनको भनाई छ । उनले जेन—जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिएका छन् ।

उनले भने, ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होईन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होईन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुप¥यो । कि त मैले एनजीओ खोल्नुप¥यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुप¥यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’

उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताएका छन् ।


प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?