Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल गर्नु हुँदैनः मन्त्री खरेल


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन् ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिँदै उनले  वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताएका छन्  । वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गरेका छन्  । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए  । वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गरेका छन्  ।

उनले भने, ‘नेपाल सरकार जे जति राज्यका संयन्त्रहरु छन् । ति संयन्त्रहरुमार्फत विधिसम्मत, कानूनसम्मत ढंगले व्यवहारिक ढंगले जे जसरी अघि बढ्नुपर्छ त्यसमा अघि बढ्छ । यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने एउटा महत्वपूर्ण प्राथमिकता हो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ । विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन । विधिसम्मत ढंगले जे गर्नुपर्छ हामी गर्छौं । यो सरकार जेन जी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो ।’

मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गरेका छन्  ।


प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?