Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

केपी ओलीसहितका नेताहरूलाई सीमाबन्दीमा राखेर सरकारले निर्वाचनको वातावरण बिगारेको छः बराल


काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताएका छन् ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शीर्ष राजनीतिक नेतृत्वलाई सीमाबन्दीमा राखेर राहदानी समेत रोकेको कारण निर्वाचनको वातावरणमा बाधा पुगेको बताएका छन् । उनले देशभर सुरक्षा निकायको अवस्था कमजोर रहेको कारण पनि निर्वाचनको लागि भयरहित वातावरण निर्माण हुन नसकेको बताएका छन् । निर्वाचन गराउनको लागि सरकारले लुटिएका हतियार फिर्ता एवं भागेका कैदीहरुदाई समात्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘निर्वाचन गराउनको लागि निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । वर्तमान सरकारले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली लगायत अन्य दलका नेताहरुलाई समेत सीमाबन्दी गरेको छ । अर्थात ठाउँबन्दी गरेको छ । पासपोर्ट रोक्का गरेको छ । त्यो चिजले निर्वाचनको वातावरणमा वाधा पुग्दछ । त्यसैगरी आज सुरक्षा निकाय थलिएको अवस्थामा छ । देशभरी प्रहरीका कार्यालयहरु जलेका छन् । १२ हजारभन्दा बढी आधुनिक हतियार समेत बाहिर रहेको अवस्था छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि लुटिएका हतियारहरु फिर्ता गर्नुपर्छ । जघन्य अपराधमा संलग्न भएका कैदिहरु समेत अहिले फरार रहेको अवस्था छ । उनीहरुलाई सरकारले नथुनेसम्म भयरहित वातावरण बन्न सक्दैन । निर्वाचन सम्पन्न गराउनको लागि आज स्वयं सरकारले बैठक बोलाउनुपर्ने हो । तर प्रधानमन्त्री स्वयं छलफलका लागि तयार छैन ।’

उनले सरकारले निर्वाचन सम्पन्न गराउनको लागि दलहरुसँग प्रत्यक्ष संवाद गर्न नै नखोजेकोप्रति आपत्ति समेत जनाएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?