Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

केपी ओलीसहितका नेताहरूलाई सीमाबन्दीमा राखेर सरकारले निर्वाचनको वातावरण बिगारेको छः बराल


काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताएका छन् ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शीर्ष राजनीतिक नेतृत्वलाई सीमाबन्दीमा राखेर राहदानी समेत रोकेको कारण निर्वाचनको वातावरणमा बाधा पुगेको बताएका छन् । उनले देशभर सुरक्षा निकायको अवस्था कमजोर रहेको कारण पनि निर्वाचनको लागि भयरहित वातावरण निर्माण हुन नसकेको बताएका छन् । निर्वाचन गराउनको लागि सरकारले लुटिएका हतियार फिर्ता एवं भागेका कैदीहरुदाई समात्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘निर्वाचन गराउनको लागि निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । वर्तमान सरकारले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली लगायत अन्य दलका नेताहरुलाई समेत सीमाबन्दी गरेको छ । अर्थात ठाउँबन्दी गरेको छ । पासपोर्ट रोक्का गरेको छ । त्यो चिजले निर्वाचनको वातावरणमा वाधा पुग्दछ । त्यसैगरी आज सुरक्षा निकाय थलिएको अवस्थामा छ । देशभरी प्रहरीका कार्यालयहरु जलेका छन् । १२ हजारभन्दा बढी आधुनिक हतियार समेत बाहिर रहेको अवस्था छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि लुटिएका हतियारहरु फिर्ता गर्नुपर्छ । जघन्य अपराधमा संलग्न भएका कैदिहरु समेत अहिले फरार रहेको अवस्था छ । उनीहरुलाई सरकारले नथुनेसम्म भयरहित वातावरण बन्न सक्दैन । निर्वाचन सम्पन्न गराउनको लागि आज स्वयं सरकारले बैठक बोलाउनुपर्ने हो । तर प्रधानमन्त्री स्वयं छलफलका लागि तयार छैन ।’

उनले सरकारले निर्वाचन सम्पन्न गराउनको लागि दलहरुसँग प्रत्यक्ष संवाद गर्न नै नखोजेकोप्रति आपत्ति समेत जनाएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?