Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन् : गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन्।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताएका छन् । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाई छ । वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरेका छन् । निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गरेका छन् । राजनितिक दलहरुले भने सरकारले आफूहरुलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन् ।

उनले भने, ‘निर्वाचनको लागी सबै संवादमा आउन प¥यो । स्टेक होल्डरहरु संवादमा आउनुप¥यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद शुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन । निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि जोलाई आउनलाई त्यो अधिकार छ, राजनितिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकारकार बनेको हो । फ्रि र फेयर ईलेक्सनको लागि बनेको हो । यसमा सहयोग गर्न प¥यो । कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो । त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताएका छन् । व्यापक राजनितिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको र राजनितिक दलहरुले प्रहरीको दुरुपयोग गरेको आरोप लगाएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?