Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा


काठमाडौँ। नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएकोआरोप लगाएका छन् । उनले मुख्य दलहरु निर्वाचनमा भाग लिन तयार भएपनि विद्यमान राजनीतिक र कानूनी विषयहरु किनारा लाग्नुपर्ने बताए । उनले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको निर्णय कुरेर मात्र निर्वाचनमा सहभागि हुने संकेत गरेका छन् । संविधानलाई मूल बाटोमा ल्याउने एकमात्र उपाय निर्वाचन भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘सरकार एकातिर निर्वाचन गर्नको लागि गठन भएको छ । तर सरकार निर्वाचन गर्ने कुनैपनि जोश, जागर र चाल देखाइरहेको छैन । यो बीचमा निर्वाचन आयोग र सम्माननीय राष्ट्रपतिज्युबाट दलहरुलाई बोलाएर मुलुकको यो विषम परिस्थितिमा हामी निर्वाचन गराउनको लागि तयार छौं । दलहरुले निर्वाचनलाई कसरी हेरेका छन् ? र कसो गर्यो भने निर्वाचन सम्पन्न हुन्छ भन्ने बारेमा परामर्श गर्नुभयो । आज निर्वाचन आयोगले समेत सबै दलहरुलाई बोलाएर हामी निर्वाचन गर्छौ यहाँहरुले सहयोग गर्नुप¥यो भनेपछि हामी वर्तमान परिस्थितिको बारेमा आयोगका कायममुकायम आयुक्त र आयुक्तज्युहरुसँग साझा ढंगले प्रश्तुत ग¥यौँ । मुख्य दलहरुको एउटै धारणा रह्यो कि अहिले निर्वाचनमा हामी भाग लिन्छौं तर निर्वाचनमा भाग लिने भनको प्राविधि विषय होइन । यो राजनीतिक र कानूनी विषय हो । एउटातिर कानूनी विषय अदालतमा छ । अहिले साथिहरुले सरकार गठन र प्रतिनिभि सभा विघठन असंवैधानिक भयो भनेर रिट हाल्नु भएको छ । त्यसबारे सर्वोच्च अदालतले दिने विषयमा पनि हामी प्रतिक्षा गर्छौं । बाटो बिराएको संविधानलाई बाटोमा फर्काउने उपाय निर्वाचन नै हो भनेर नेपाली काँग्रेसले भनिसकेको छ । त्यसकारण हामी निर्वाचन भाग लिन्छौं । तर निर्वाचनमा भाग लिनको लागि सरकारले गर्नुपर्ने शान्तीसुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको लागि अहिले जे भइराखेको छ र सरकारको जे चाल छ त्यो ठिकठाक छैन ।’

निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गर्नुपर्ने शान्ती सुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको ठोस काम गर्न नसकिरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?