Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा


काठमाडौँ। नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएकोआरोप लगाएका छन् । उनले मुख्य दलहरु निर्वाचनमा भाग लिन तयार भएपनि विद्यमान राजनीतिक र कानूनी विषयहरु किनारा लाग्नुपर्ने बताए । उनले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको निर्णय कुरेर मात्र निर्वाचनमा सहभागि हुने संकेत गरेका छन् । संविधानलाई मूल बाटोमा ल्याउने एकमात्र उपाय निर्वाचन भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘सरकार एकातिर निर्वाचन गर्नको लागि गठन भएको छ । तर सरकार निर्वाचन गर्ने कुनैपनि जोश, जागर र चाल देखाइरहेको छैन । यो बीचमा निर्वाचन आयोग र सम्माननीय राष्ट्रपतिज्युबाट दलहरुलाई बोलाएर मुलुकको यो विषम परिस्थितिमा हामी निर्वाचन गराउनको लागि तयार छौं । दलहरुले निर्वाचनलाई कसरी हेरेका छन् ? र कसो गर्यो भने निर्वाचन सम्पन्न हुन्छ भन्ने बारेमा परामर्श गर्नुभयो । आज निर्वाचन आयोगले समेत सबै दलहरुलाई बोलाएर हामी निर्वाचन गर्छौ यहाँहरुले सहयोग गर्नुप¥यो भनेपछि हामी वर्तमान परिस्थितिको बारेमा आयोगका कायममुकायम आयुक्त र आयुक्तज्युहरुसँग साझा ढंगले प्रश्तुत ग¥यौँ । मुख्य दलहरुको एउटै धारणा रह्यो कि अहिले निर्वाचनमा हामी भाग लिन्छौं तर निर्वाचनमा भाग लिने भनको प्राविधि विषय होइन । यो राजनीतिक र कानूनी विषय हो । एउटातिर कानूनी विषय अदालतमा छ । अहिले साथिहरुले सरकार गठन र प्रतिनिभि सभा विघठन असंवैधानिक भयो भनेर रिट हाल्नु भएको छ । त्यसबारे सर्वोच्च अदालतले दिने विषयमा पनि हामी प्रतिक्षा गर्छौं । बाटो बिराएको संविधानलाई बाटोमा फर्काउने उपाय निर्वाचन नै हो भनेर नेपाली काँग्रेसले भनिसकेको छ । त्यसकारण हामी निर्वाचन भाग लिन्छौं । तर निर्वाचनमा भाग लिनको लागि सरकारले गर्नुपर्ने शान्तीसुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको लागि अहिले जे भइराखेको छ र सरकारको जे चाल छ त्यो ठिकठाक छैन ।’

निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गर्नुपर्ने शान्ती सुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको ठोस काम गर्न नसकिरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?